नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं। पछिल्लो चौबिस घण्टामा नेपाल थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मंगलबार थप ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो।

आज देशभर ६ हजार ५९४ जनाको कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन्।मंगलबार ४ हजार ४९५ जनाको पीसीआर गर्दा ३५ र २ हजार ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा सङ्क्रमण पुष्टि भएको हो।

योसँगै देशभर २ हजार ६८८ जना सक्रिय सङ्क्रमित छन्। आज ४८१ जना सङ्क्रमित निको समेत भएका छन्। नेपालमा पछिल्लो चौबिस घण्टामा कोरोनाका बारण मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्