अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश



अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । मंगलबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा स्वागत गरे ।

मंगलबार नै विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुलाई अध्यक्ष ओलीले स्वागत गरेका छन् । अभिनेत्री करिश्मा मानन्धर तत्कालिन नयाँँ शक्ति पार्टीबाट राजनीतिमा लागेकी थिइन् । पछिल्लो समय उनी राजनीतिमा निष्क्रिय थिइन् ।

न्धरले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको ऊर्जाले आफू एमालेमा प्रवेश गर्न प्रेरित भएको बताएकी छन् ।मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत एमाले प्रवेश गर्दै उनले जनतालाई भिजन देखाउने र भविष्य सुनिश्चित गर्ने ओली मात्र भएको जिकिर गरिन् ।करिष्माले देश परिवर्तन गर्ने एजेन्डा पार्टीले बोकेको भन्दै समानता र सामाजिक न्यायसहित समाजवादको बाटोमा हिँड्ने पार्टी एमाले मात्र भएको जिकिर पनि गरिन् । महिला तथा पिछडिएका वर्गको उत्थान गर्ने पार्टीको नीति भएकाले पनि एमाले प्रवेश गरेको उनको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्