युक्रेनका राष्ट्रपतिले युद्धको विरुद्ध विश्वभरका मानिसलाई सडकमा उत्रिन गरे अपिल



एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धको विरुद्ध विश्वभरका मानिसलाई सडकमा उत्रिन अपिल गरेका छन् ।
रुसले आफ्नो देशमा आक्रमण गरेको एक महिना पुगेको दिनमा राष्ट्रपनि जेलेन्स्कीले विश्वभरमा मानिसलाई सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन आग्रह गरेका हुन् ।
आफ्नो दैनिक सम्बोधनका क्रममा केहीबेर अङ्ग्रेजीमा बोल्दै उनले मानिसहरूलाई युक्रेनी प्रतीक लिएर आउन भनेका छन् ।

‘तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्। देखिनुस् र सुनिनुस्। मानिसको जीवनको महत्त्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस्,’ उनले भने, ‘मार्च २४ मा युद्ध रोक्न चाहने सबैजना एकत्रित हुनुस् ।’
उनले युक्रेनमा रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडिरहेको पनि बताए । रुसको निर्मम र मुढे बललाई संसारले रोक्नुपर्ने उनले बताए ।
रुसले आक्रमण गरेको एक महिना बितिसकेको र यसबीच आफ्नो, सबै युक्रेनी जनताको अनि यस धरतीका सबै स्वतन्त्र मानिसको मुटु चुँडिएको उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्