राष्ट्रिय खोप कार्यक्रम टाइफाइड रोग विरुद्धको अभिमुखीकरण कार्यक्रम सम्पन्न



बझाङ ‘राष्ट्रिय खोप कार्यक्रम टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको पालिका स्तरीय समन्वय समितिको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
जय पृथ्वी नगर पालिकाको सभा हलमा राष्ट्रिय खोप अभिमुखीकरण कार्यक्रम गरिएको हो ।जय पृथ्वी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको कार्यक्रममा नगरपालिका मेयर वीरेन्द्र बहादुर खड्का उपमेयर जानु मार्गी वडा अध्यक्षहरू सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू पत्रकार सञ्चारक्रर्मी लगायतको उपस्थिति रहेको तियो ।

स्वास्थ्य सँग सम्बन्धित समृद्धि र विकासका सूचकहरूमा छलफल गरिएको तियो भने,टाइफाइड खोप सम्बन्धी जनस्वास्थ्य निरीक्षक तथा स्वास्थ्य नगरपालिका स्वास्थ्य शाखा कर्मचारी रामचन्द्र जोशीले प्रस्तुतीकरण गर्नु भएको हो । खोप बझाङ जिल्ला २५ गते देखि ३० गते सम्म सञ्चालन गर्ने तयारी रहेको जोशीको भनाइ छ । उहाँले भन्नू भयो प्रत्येक स्वास्थ्य शाखा बाट खोप उपलब्ध गराउन सकिने बताए । नगर पालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै स्थानीयको स्वास्थ्य परीक्षण देखि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको पाइन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्