विद्यार्थीहरूलाई विद्यालय नजाने बालबालिकाहरूलाई खोप केन्द्रमा टाइफाइड खोप



नवलपरासी पश्चिम । टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोप संचालन सम्बन्धी एक दिवसीय सरोकारवालाहरू संग अन्तरक्रिया प्रतापपुर गाउँपालिका वडा ८ स्थित पिपरपाती स्वास्थ्य चौकीमा सम्पन्न भएको छ ।

स्वास्थ्य चौकी पिपरपातीको आयोजनामा भएको कार्यक्रममा नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप सुरु हुन लागेको चौकी इन्चार्ज सुरजलाल गुप्ताले जानकारी दिए ।

१५ महिना देखि १५ वर्षसम्म उमेर समूहका विद्यालय जाने र नजाने करिब एक हजार ३ सय बालबालिकाहरूलाई यो खोप लगाइने छ । अन्य उमेर समूहमा भन्दा यो समूहका व्यक्तिहरूलाई रोगको सङ्क्रमण ११ गुणा बढी हुने भएकाले पनि पहिलो चरणमा लक्षित समूह रहेको गुप्ताले जानकारी दिए । 

जनप्रतिनिधि, प्रहरी, स्वास्थ्यकर्मी,प्रअ, शिक्षक तथा पत्रकारको उपस्थितिमा भएको यो अन्तक्रिया सम्पन्न भएको हो । यसै गरी सुरजपुर स्वास्थ्य चौकी र खरेटवा स्वास्थ्य चौकीले पनि टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोप संचालन सम्बन्धी एक दिवसीय सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

खानेपानी तथा दिसा पिसाबको माध्यमबाट फैलिने यो रोग नियन्त्रणमा सबैले सचेत हुनुपर्ने धारणा खरेटवा स्वास्थ्य चौकीका प्रमुख मन्तोष मौर्याले जानकारी दिए । चैत २२ गतेबाट सुरु हुने खोप अभियानमा कोही पनि नछुटुन् भनेर आ–आफ्नो ठाउँबाट सबैले प्रचारप्रसार र यश अभियानमा सहयोग गर्न स्वास्थ्य चौकी प्रमुख मौर्याले सबै सरोकारवाला संग आग्रह गरे ।

विद्यार्थीहरूलाई विद्यालयमै र विद्यालय नजाने बालबालिकाहरूलाई खोप केन्द्रमा यो सेवा उपलब्ध हुने सुरजपुरा स्वास्थ्य चौकी इन्चार्ज संजय कुमार शर्माले बताए । सुरजपुर स्वास्थ्य चौकी क्षेत्र भित्र विद्यालय जाने र नजाने करिब १८ सय बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने लक्ष्य रहेको उनले भने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्