आजकाे मौसम कस्तो रहला ? आगामी तीन दिनको मौसम पूर्वानुमान



२०७८ चैत्र २७ गते (आईतबार)

दिउँसो : प्रदेश नं १, मधेस प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, मधेस प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७८ चैत्र २8 गते (सोमबार)

दिउँसो : प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक देखि सामान्य बदली रही बाँकी भुभागमा आशिक बदली रहनेछ।

२०७८ चैत्र २९ गते (मंगलबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशहरुमा आँशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती : देशका पहाडी भू-भागहरुमा आँशिक देखि सामान्य बदली रही बाँकी भुभागमा आशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा र कर्णाली प्रदेशको पहाडी भुभागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्