ऋषि धमलाले प्रेस काउन्सिल पुगेर भने–पत्रकार आचार संहिता बारे थाहा थिएन,अब सुध्रन्छु



सञ्चारकर्मी ऋषि धमलाले प्रेस काउन्सिल नेपालको कार्यालयमा पुगेर पत्रकार आचार संहिता पालना गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनको लिखित स्पष्टीकरणमा चित्त नबुझाएपछि सोमबार छलफलका लागि काउन्सिलले कार्यालयमा बोलाएको थियो । सञ्चारकर्मी धमलाले आफूलाई पत्रकार आचारसंहिताबारे थाहा नभएको र अब पालना गर्ने बताएका छन् ।
उनले आफूबाट कमी कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधारेर जाने प्रतिबद्धता व्यक्त गरेको प्रेस काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा भिडियो छायाङ्कन गर्दै धमलाले देउवा बसेको स्थानमा जर्बजस्ती घुस्ने प्रयास गरेका थिए । सो सामग्री प्राइम टिभीबाट समेत प्रसारण भएपछि काउन्सिलले चैत २२ गते २४ घण्टे लिखित स्पष्टीकरण सोधेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्