हेरा शैक्षिक तथा मानवीय सेवा समाजका संस्थापक मदनी सम्मानित



 

कृष्णनगर , कपिलवस्तु चैत्र २९ कपिलवस्तुको कृष्णनगर नगरपालिका भित्रका गरिब असहाय मजदुर लगायत विपन्न १०० परिवार लाई राष्ट्रिय मदरसा पुस्तकालय कृष्णनगरको भवनमा सहयोग स्वरूप निःशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ। राष्ट्रिय मदरसा सङ्घ नेपालको सहकार्य तथा साउदी अरब सरकारको सहयोगमा खाद्यान्न सामग्री वितरण गरिएको छ। गरिब, असहाय विपन्न लगायत प्रत्येक दिन ज्यालादारी रिक्सा तरकारी बिक्री लगायत विभिन्न किसिमका मेहनत गरी पैसा कमाएर आ आफ्नो परिवारको पेट भर्दै आएका श्रमिक गरिब मजदुरहरू , गरिब परिवारको घरमा कोही भोकै नरहोस् भन्ने भावनाका साथ हामी ले १५ किलो चामल, २किलो दाल, ५ किलो पिठो, तेल , नुन, चिनी बेशन,खजुर,सेवन्ती,चना लगायत खाद्यान्न सामग्री वितरण गरेको राष्ट्रिय मदरसा सङ्घ नेपालका राष्ट्रिय अध्यक्ष डा अब्दुल गनी अलकुफीले बताए।

पवित्र रमजान महिनामा गरिब ,असहाय लाई साउदी अरब सरकार तथा राष्ट्रिय मदरसा सङ्घ नेपालले हरेक सम्भव सहयोग दिने तयार रहेको मदरसा संघका राष्ट्रिय महासचिव मौलाना मशहुद खां नेपालीले प्रतिबद्धता समेत जनाए। खाद्यान्न वितरण कार्यक्रमका प्रमुख अतिथि आन्तरिक राजस्व कार्यालय कृष्णानगर प्रमुख दिनेश पाण्डे, विशिष्ट अतिथि ईप्रका कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक शुकदेव पौडेल, हेरा शैक्षिक तथा मानवीय सेवा समाजको संस्थापक शैख अब्दुल रशीद मदनी अतिथि शैख जैस मक्की,अब्दुल नुर,नियाज़ देवबन्दी लगायतहरुको उपस्थिति थियो।

हेरा शैक्षिक तथा मानवीय सेवा समाजले नेपाल भित्र शिक्षा स्वास्थ्य तथा रोजगारको क्षेत्रमा बर्षो देखि सराहनीय कार्य गर्दै आएकोले आजको कार्यक्रममा हेरा शैक्षिक तथा मानवीय सेवा समाजका संस्थापक शैख अब्दुल रशीद मदनीलाई कार्यक्रमका प्रमुख अतिथिले दोसल्ला ओढाई सम्मानित गरेको र संस्थापक मदनीले प्रमुख अतिथि पान्डेलाई पनि दोसल्ला ओढाई सम्मान गर्दै नेपाली अनुवादमा पवित्र पुस्तक कुरान भेट दिए। ईप्रका कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक शुकदेव पौडेलको सरुवा चितवन भइ सकेकाले वहां कृष्णनगरमा लगातार १८ महिना देखि शान्ति सुरक्षा कायम गरी हरेक सामाजिक कार्यहरूमा सहभागी हुँदै आएकाले राष्ट्रिय मदरसा सङ्घ नेपालले आज दोसल्ला ओढाई सम्मानको साथ बिदाइ गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्