वाइफाइको पासवर्ड कसरी परिवर्तन गर्ने ?



अनलाइन सुरक्षा आजको दुनियाँमा एक महत्त्वपूर्ण मुद्दा हो। किनभने अनलाइन आजको जीवन पद्धति हो। विदेशमा रहेको आफन्तसँग कुरा गर्न होस् वा अफिसको काम गर्न नै किन नहोस्। अनलाइनको माध्यमबाट घरमा बसिबसी काम गर्न सकिन्छ। देश विदेशका खबर थापा पाउन रेडियो, टेलिभिजन वा दैनिक पत्रिका कुरेर बस्नुपर्ने बाध्यता छैन। अफिसमा कागजातमा रेकर्ड राख्नु पर्ने बाध्यता अब हटेको छ। वास्तवमै प्रविधिको विकाश र प्रयोगले आजको युगमा मानिसको जीवनलाई निकै सरल र सहज बनाएको छ। त्यसैले अहिले अधिकांशको घरमा वाई फाइ कनेक्सन छ।

साथमा चुनौती पनि थपिएको छ। अनलाइन सुरक्षाको अहिलेले ठुलो चुनौतीको विषय हो। ह्याकरहरूले तपाईँको आपी ठेगाना ह्याक गरेर तपाईँलाई हानि पुर्‍याउन सक्छन्। अखबारहरूमा दैनिक जस्तो अनलाइन असुरक्षाका विषयहरू उठाइएका हुन्छन्। त्यसैले हरेक मानिस सचेत हुन जरुरी छ। नेटवर्क सेक्युरिटीलाई लिएर आजकाल प्रयोगकर्ताहरू निकै सजग भइरहेका पनि देखिन्छ।

नेटवर्क सुरक्षाको लागि, प्रयोगकर्ताहरूले आफ्नो वाई फाइको पासवर्ड परिवर्तन गरिरहनुपर्छ। पासवर्ड परिवर्तन गर्दा वाई फाइ नेटवर्कको दुरुपयोगको सम्भावना धेरै कम हुन्छ। यदि तपाईँको घरमा पनि वाई फाइ जडान गरिएको छ भने तपाईँले पनि प्रत्येक दुई महिनामा यसको पासवर्ड परिवर्तन गर्नुपर्छ। यदि तपाईँलाई वाई फाइको पासवर्ड कसरी परिवर्तन गर्ने भन्नेबारे थाहा छैन भने, हामी तपाईँलाई केही सजिलो उपायहरू बारे जानकारी गराउने कोसिस गर्छौँ। जसको मद्दतले तपाईँले आफ्नो वाई फाइको पासवर्ड बलियो बनाउनुका साथै यसको सुरक्षा बढाउन सक्नुहुन्छ।

यसरी गर्नुहोस् वाइफाइको पासवर्ड परिवर्तन

  • सबैभन्दा पहिले, तपाईंले आफ्नो घरको वाइफाइ कुनै एक उपकरण (कम्प्युटर वा मोबाइल)मा जडान गरिएको हुनुपर्छ।
  • अब त्यो यन्त्र (कम्प्युटर वा मोबाइल)बाट वेब ब्राउजर खोल्नुहोस्।
  • ब्राउजरमा आफ्नो राउटरको कन्फिगरेसन पृष्ठ खोल्नुहोस् र TP-Link राउटर टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्।
  • यसपछि, आफ्नो राउटरको सेटिंगको पूर्वनिर्धारित प्रयोगकर्ता नाम र पासवर्ड राख्नुहोस्।
  • वायरलेस सेटिंग भन्ने अप्सनमा जानुहोस्।
  • अब तपाईंलाई कस्तो प्रकारको पासवर्ड राख्ने हो छनौट गर्नुहोस् भनेर विकल्पहरू दिन्छ। सबैभन्दा उत्तम पासवर्डको प्रकार ‘WPA/WPA2 – Personal’ नै हो। त्यसमा टिक लगाउनुहोस् र पासवर्ड भन्ने खाली ठाउँमा आफूले चाहेको पासवर्ड राख्नुहोस्। याद गर्नुहोस् कि, पासवर्ड ८ अक्षरभन्दा लामो हुनुपर्छ।
  • पासवर्ड राखिसकेपछि त्यसको तलपट्टी भएको सेभ बटनमा ट्याप गर्नुहोस्।

सजिलोको लागि हामी पासवर्ड राख्ने तरिका पुनः दोहोर्‍याउँछौ। Wireless Security मा जानुहोस् र WPA/WPA2 – Personal अन्तर्गत Password मा पुरानो पासवर्ड हटाई नयाँ पासवर्ड राखेर Save बटनमा ट्याप गर्नुहोस्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्