बझाङ विपद् सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न



 

विपद् सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय बझाङ र विपद् व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम गरिएको हो । विपद् व्यवस्थापन समितिले अहिले गर्मी याममा हुन सक्ने विपद् सम्बन्धी आगलागी डढेलो सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको तियो । बझाङ जिल्लाको नयाँ बसपार्कमा नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल र जिल्ला डिभिजन वन कार्यालय बझाङले सन्देशमूलक कार्यक्रम गरेको तियो ।

कार्यक्रममा हरियो वनमा सुकेको झारपात थिए केही गाउँको मानिसहरू वनमा जाँदै चुचुरा बिडी खादै जथाभाबी सलाई लाइटर कोरेको देखिन्छ । यसरी ख्याल नगर्दा बनमा आगा लाग्दै बस्ती सम्म पुग्छ र बस्तीमा रहेको घरहरू जलेर नष्ट भई धन सम्पत्तिको नास सँग जनमानसमा ठुलो क्षति पुग्छ जब प्रहरीलाई १०० नम्बरमा गाउँले फोन गरेको देखिन्छ अनि आगलागी भएको बस्ती र वन जङगल र बस्तीमा नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी र बाकने कर्मचारी जान्छ ।

 

सँगै जिल्ला अस्पतालले एम्बुलेन्स पटाउँछ भने स्थानीय तहले दमकल पटाउँछ अनि आगो नियन्त्रणमा आउँछ । सचेत रहन डढेलो र आगलागी भएको दृश्य प्रस्तुत गरिएको तियो । हरियो वन नेपालको धन जोगाउ भन्दै विपद् व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले भन्नू भो गर्मि याममा सबै नागरिक सचेत हुनुपर्छ । तपाईँ हामी सचेत भएनौ भने हामी यसरी दुर्घटनामा जान्छौँ ।


यदि यस्तो कतै भइहाल्यो भने जिल्ला प्रशासन कार्यालय बझाङ खबर गर्दै पर्ण क्षति भएको लाए २० हजार सहित कम्मल र अन्य तत्काल व्यवस्था गरिन्छ यसले केही राहत हुन जान्छ । यस्तै रेडक्रसमा पनि राहतको व्यवस्था गरिन्छ ।
आज गरिएको जनचेतनामूलक कार्यक्रममा विपद् व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको अध्यक्षतामा जय पृथ्वी नगरपालिका मेयर वीरेन्द्र बहादुर खड्का प्रमुख अतिथि मेजर मेघ गुरुङ डिएसपी ज्ञानबहादुर विष्ट सशस्त्र प्रहरी बलका डिएसपी दामोदर ढाेडारी अनुसन्धान डिएसपी पवन जोशी एघारका अध्यक्ष केशव रोकाया डिभिजन वन कार्यालय बझाङ प्रमुख कर्ण बहादुर खाती लगायत सम्पूर्ण सुरक्षाकर्मी पत्रकारहरू सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारीहरू जनसमुदायहरूको उल्लेख्य उपस्थिति रहेको तियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्