जसपाको लहानमा खौला बौला नेता महतोद्वारा पार्टी  परित्यागको घोषणा



महेश सिंह सिरहा लहान  जनता समाजवादी पार्टी नेपालका प्रदेश सभा,ख,का उपाध्यक्ष युवा नेता ललित नारायण महतोले पार्टीको साधारण सदस्य समेत नरहने गरी पहिला आफ्नै फेसबुक सामाजिक सञ्जाल मार्फत पार्टी प्रत्यागको घोषणा गरेका हुन्। लहानमा जसपाका केही नेताहरूको फोहरी,स्वार्थी,घृणित राजनीतिका कारण पार्टीबाट नेता कार्यकर्ताहरू पार्टी छोड बाध्य हुने गरेका छन्।फोहरी नेताहरूको कारण लहानमा जसपा पार्टी बदनाम मात्र हैन पार्टीको प्रभाव फितलो देखिए१- हो।लहान मधेस जनविद्रोहको उद्गम बिन्दु भए तापनि लहान नगरपालिकामा कुनै पार्टी संग तालमेल बिना चुनावमा भाग लिन पार्टीको हैसियत समेत नरहेको दुख व्यक्त गरेका थिए। लहानका स्वार्थी र घृणित नेताहरूको कारणले गर्दा पार्टी बदनाम रहेको र सङ्गठन बनाउन नसकेको मुख्य कारण रहेको नेता ललित नारायण महतोले पत्र कारहरूसँग कुराकानी गर्दै यस्तो बताए हुन्।राजनीति जस्तो पार्टीलाई व्यक्तिगत सम्पत्ति जस्तो हैकमवादी,जिम्मेदारी र तानासाहीको कारण नेता, कार्यकर्ताहरूले लहानमा जसपा पार्टीबाट बाहिरिने गरेका छन्।पार्टीका जिम्मेवार व्यक्तिहरू संग अनुरोध लहानमा सही नेतृत्व कर्ताहरूको हातमा नेतृत्व दिन नेता महतोले पत्रकारहरू संग कुराकानी गर्दै यस्तो बताएका हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्