डा.लेख्ने तिम्रो सपना सपनामै मात्र सिमित रहे



डाक्टर बन्न उडान भर्न घरबाट निस्कँदा

ॠण खोजी ल्याएको पैसा थमाउँदै

खुसिले प्रफुल्ल हुँदै बिदा गरेका

ती आमा बुबाका हातहरु

सायद, यतिबेला काप्दै होलान

मेरो डडेको शरीर छुन खोज्दै

एयरपोर्टमा मलाइ देख्न आतुर आँखाहरु

अहिले मेरो अघि चिम्म भएका छन्

सायद, आगोको रापमा रापिएको

मेरो शरीर हेर्ने सामर्थ्य जुटेन ती आँखामा

सेतो पोसाकमा सजिएर

अरुको ज्यान बचाउन

सक्षम बनेर फर्के सोचेथेँ

तर

आज हारे आफू आफैसँग

अरुलाई बचाउन सक्षम यो सीपले

आफैलाई बचाउन सकेन

मलाई माफ गरिदिनु बाबा

तिमिलाई ॠणको भारी बोकाएर

बुढेसकालमा सहाराको आश देखाएर

म कहिल्यै नबिउझने गरि निदाए

लाग्छ, भगवानलाई

मेरो नामको अघि स्व. थप्नु रैछ

सायद तेसैले त होला

डा.लेख्ने तिम्रो सपना बाबा

मात्र सपनामै सिमित रहे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्