पेट्रोलियम पदार्थको मूल्य बढ्ने संकेत, निगमको घाटा बढ्दै



काठमाडौँ। भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य बढाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ। आईओसीले पठाएको नयाँ मूल्य सूचीमा डिजेल प्रतिलिटर ४० रुपैयाँ १३ पैसा, पेट्रोल प्रतिलिटर २३ रुपैयाँ ०२ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर १ हजार ५० रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।

निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार नयाँ मूल्य सूचीमा पेट्रोल प्रतिलिटर १८३.०२ रुपैयाँ, डिजेल प्रतिलिटर १८३.१३ लिटर, मट्टीतेल प्रतिलिटर १४०.१९ रुपैयाँ, हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर १४३.३६ रुपैयाँ, बाह्यतर्फ १२३.७८ रुपैयाँ र एलपी ग्यास प्रति सिलिन्डर दुई हजार ६५०.१८ रुपैयाँ खरीद मूल्य परेको छ।

यता, नेपाल आयल निगमलाई अबको १५ दिनमै पेट्रोलियम पदार्थको बिक्रीबाट ५ अर्ब १९ करोड रुपैयाँ घाटा हुने भएको छ। भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार अर्काे नयाँ मूल्य सूची नपठाउन्जेल (अबको १५ दिनसम्म) पेट्रोलमा ७१ करोड ८३ लाख, डिजेलमा ३ अर्ब पाँच करोड र एलपी ग्यासमा १ अर्ब ७४ करोड रुपैयाँ घाटा हुने भएको हो। स्वचालित मूल्य प्रणाली अनुसार यो घाटा समायोजन गर्न निगमले फेरि मूल्य वृद्धि गर्न सक्ने सम्भावना रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्