कसैलाई जिताउन हराउन गठबन्धन गरिएको होइन : उपसभापति खड्का



सुर्खेत । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कसैलाई जिताउन वा हराउनका लागि गठबन्धन नबनाइएको तर्क गरेका छन् । वीरेन्द्रनगरको पिपल चौतारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान र गणतन्त्रको रक्षार्थ गठबन्धन बनाइएको दाबी गरे । उनले केपी शर्मा ओलीको दम्भका कारण पटक पटक संसद् विघटन गरिएको जिकिर गर्दै आफूहरूले वृहत् छलफल गरेर त्यसका विरुद्ध गठबन्धन निर्माण गरेको उनले बताए ।
ओलीले जनताका अधिकार मास्ने उद्देश्यले प्रतिगमनको यात्रा थालेपछि त्यस विरुद्ध काँग्रेस, माओवादी लगायतका दलहरू गठबन्धनमा सङ्गठित भएर सङ्घर्षमा होमिएको उनको भनाइ थियो । ‘ओलीको अहङ्कार, एमालेको प्रतिगमनकारी, गणतन्त्र विरोधी क्रियाकलापलाई परास्त गरी संविधान बचाउनका लागि गठबन्धन गरेका हौँ,’ उनले भने, ‘यो गठबन्धन कसैलाई जिताउन वा हराउनका लागि बनेको होइन ।’ शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि पनि गठबन्धन आवश्यक रहेको उनले बताए । वीरेन्द्रनगर नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बिच गठबन्धन भएको छ । यो पालिकामा काँग्रेसले मेयरमा उपेन्द्र खड्कालाई र उपमेयरमा नेकपा माओवादी केन्द्रले शान्ति ढकाललाई उम्मेदवार बनाएका छन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्