सागकी स्वर्ण विजेता सन्जु आफ्नै कोठामा मृ’त फेला



काठमाडौँ –  १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी मञ्जु चौधरी मृ’त भेटिएकी छिन्। नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठले ललितपुरको लुभु स्थित सञ्जय महर्जनको घरमा  खेलाडी मञ्जु मृ’त भेटिएको जानकारी दिएका छन्।

प्रशिक्षक महर्जनको घरमा आयोजित रात्रि भोजमा सामेल भएकी उनी बिहान मृ’त भेटिएकी हुन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। उनी एसियाली खेलकुदको तयारीका लागि केही दिन अगाडि आएकी  थिइन्।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा नेपालकी मञ्जु चौधरीले स्वर्ण पदक जित्दै इतिहास रचेकी थिइन्। महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलङ्काका खेलाडीलाई पछि पार्दै स्वर्ण  इतिहास  रचेकी थिइन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्