सहायक मतदान अधिकृत ढकालको मृत्यु



सुर्खेत। सुर्खेतमा स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा खटिएका सहायक मतदान अधिकृत हृदयराम ढकालको दुर्घटनामा परेर मृत्यु भएको छ।

शुक्रबार राति वीरेन्द्रनगर ८ मा मोटरसाइकल दुर्घटनामा ढकालको मृत्यु भएको हो। वीरेन्द्रनगर नगरपालिकामा कार्यरत ढकालको शव पोष्टमार्टका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको छ। दुर्घटनामा परेका ढकालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सहायक मतदान अधिकृत हृदयराम ढकाल शुक्रबार बिहानदेखि वीरेन्द्रनगर(३ मा रहेको हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्