कैलारी गाउँपालिकामा राप्रपाको अग्रता



काठमाडौं। कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ। ५ सय मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी उम्मेदवार होमबहादुर गुरुङले १ सय ८३ मत पाएर सुरुवाती अग्रता बनाएका छन्।

नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार राजसमझ चौधरीले १ सय ४०, नेकपा माओवादी केन्द्रका लाजुराम चौधरीले १ सय पाएका छन्। यसैगरी, नेकपा एमालेका झुमा चौधरीले २४ मत प्राप्त गरेका छन्।

यस पालिकामा २०७४ को निर्वाचनमा माओवादी केन्द्रका लाजुराम चौधरीले जितेका थिए। कैलारीमा माओवादी र काँग्रेससँगै राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि बलियो प्रभाव रहेको मानिन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्