रामपुर नगरपालिका २ मा नेपाली काँग्रेसका कृष्ण बहादुर दर्जी विजयी



पाल्पा, रामपुर नगरपालिका २ मा नेपाली काँग्रेसका कृष्ण बहादुर दर्जी विजयी हुनु भएको छ । नेकपा एमालेका प्रतिस्पर्धी कृष्ण बहादुर थापालाई पराजित गर्दै दर्जी विजयी हुनु भएको हो ।
उहाँ सँगै वडा नं. २ मा काँग्रेसको प्यानल नै विजयी हुनु भएका छन् । दर्जीले ९ सय ९ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी थापाले ४ सय १५ मत प्राप्त गर्नु भएको थियो । रामपुर नगरपालिका १, २ र १० को मतगणना सम्पन्न हुँदा १ मा काँग्रेसका कपिल बहादुर खाँणको प्यानल र १० मा एमालेका तोयानाथ सारुको प्यानल विजयी भएको छ ।
रामपुरमा काँग्रेसका गठबन्धन बाट नगर प्रमुखमा काँग्रेसका रमण बहादुर थापाको अग्रता कायम नै रहेको छ । ३ वडाको मत परिणाम सार्वजनिक हुँदा थापाले २ हजार ८ सय ३०, एमालेका शिव अर्यालले २ हजार ६ सय ४ मत प्राप्त गर्नु भएको छ ।उपप्रमुखमा काँग्रेसका बालकुमारी थापाले २ हजार ८ सय ४१, एमाले तर्फका उम्मेदवार दुर्गा देवी रानाले २ हजार ५ सय ८६ मत प्राप्त गर्नु भएको छ । अहिले वडा नं. ३ र वडा नं. ९ को मतगणना जारी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्