लमही नगरमा नवनिर्वाचित हरुको शपथ ग्रहण



दाङ । लमही नगरमा निर्वाचित भएका जनप्रतिनिधि हुरेल शुक्रवार शपथ ग्रहण गरेका छन् । लमही नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख जोगराज चौधरीलाई मुख्य निर्वाचन अधिकृत न्यायाधीश रितेन्द्र थापाले शपथ खुवाका थिए । शपथ पश्चात् लमही नगरमा नयाँ जनप्रतिनिधि मार्फत कामको थालनी गरिएको छ । नगर उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य हरूलाई नगरप्रमुख चौधरीले शपथ खुवाएका हुन । कार्यक्रममा निवर्तमान नगरप्रमुख कुलबहादुर केसी, निवर्तमान उपप्रमुख देबका बेल बासे, निबर्तान वडाध्यक्ष र निवर्तमान सदस्य हरूलाई बिदाइ पनि गरिएको थियो । निर्वाचन अधिकृतको कार्यालय लमहीका निर्वाचन अधिकृत मानबहादुर विष्टको अध्यक्षता तथा नवनिर्वाचित नगरप्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्ययतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण निर्वाचन अधिकृतको कार्यालय लमहीका सहायक निर्वाचन अधिकृत महेश ठेडी थापा मगर र गायत्री थापाले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्