गोरखाको बस बर्दघाटमा दुर्घटना, ३० जना घाइते



नवलपरासी पश्चिम । पूर्व-पश्चिम महेन्द्र राजमार्गको बर्दघाट-४ खुर्सानी खोलामा यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

आमा समूहको टोली लिएर गोरखाबाट लुम्बिनी भ्रमणमा आएको बस फर्कने क्रममा दुर्घटना हुँदा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रेम बहादुर शाहीले बताए ।

शाहीका अनुसार दुर्घटनामा घाइतेहरूको हात खुट्टा आँखामा चोटपटक लागेको हो । अहिले सबैको अवस्था सामान्य रहेको र उनीहरूको स्थानीय मेडिकलहरूमा उपचार भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्