६ सय ९३ स्थानीय तहको मत परिणाम सार्वजनिक, कस्लाई कति जित ?



काठमाडौं । स्थानीय तह निर्वाचनबाट हाल सम्म ६ सय ९३ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।

७ सय ५३ स्थानीय तह मध्य ६ सय ९३ तहको नतिजा आएपछि अब ६० स्थानीय तहको मात्रै मत परिणाम आउन बाँकी रहेको छ । हालसम्मको परिणाम अनुसार ३ सय ७ स्थानमा नेपाली काँग्रेसले जित निकालेको छ । यस्तै काँग्रेस २० स्थानमा अगाडी नै रहेको छ ।

यसै गरी नेकपा एमालेले १ सय ८८ स्थानीय तहमा जित निकालेको छ भने अझै १८ स्थानमा अगाडी रहेको छ । माओवादी केन्द्रले हाल सम्म १ सय १९ स्थानमा जितेको छ भने २ स्थानमा अगाडी रहेको छ ।

अन्य विभिन्न दल तथा स्वतन्त्रले २७ स्थानमा जित निकालेका छन् । जनता समाजवादी पार्टी जसपाले २५ स्थानमा जित निकालेको छ भने ७ स्थानमा अगाडी रहेको छ । नेकपा एसले १७ स्थानमा जित निकालेको छ भने २ स्थानमा अगाडी रहेको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले १० स्थानमा जित निकाल्दा ४ स्थानमा अगाडी रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्