रुख रोपौ वातावरण जोगाउ
पृथ्वीको धुवाँ धुलो मैलो हटाउ
हामीले गरेको यो पापको फल ,
भावी सन्ततिलाई नै नबोकाउ।
सबै मिलेर अब आजै चुरे जोगाउ
वन जंगल प्राकृतिक श्रोत जोगाउ
तपाई हामी सबैको साझा दायित्व,
पर्यावरण जोगाउन खोजौं स्थायित्व।
रुख रोपौ है व्यक्ति व्यक्तिको नाउँमा
हरियाली बनाउ है शहर अनि गाउँमा
सङ्कल्प गरौं हातेमालो नै गरेर अब,
कसम खाउ सबैले आ-आफ्नै नाउँमा।
पृथ्वीमा आएका हौ हामी दुइदिनका पाउना
सबै मिलेर धर्ती माताको अस्थित्व जोगाउन
सबै स्वस्थ रहु हाँसी खुशी बाचौं हाँसौं नाचौं ,
दुइदिनको जिन्दगीमा आरामले बाचौं रमाउन ।
धन्यवाद ।
राज कुमार कार्की
मे न पा -१५, झापा

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।