मिस नेपालको फाइनल आज



काठमाडौं। मिस नेपालको आज फाइनल हुँदैछ। फाइनलका लागि २४ जना प्रतिस्पर्धामा छन्। द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल प्रतियोगितामा ६ जना चिकित्सक पनि प्रतिस्पर्धामा छन्।

जसमा प्रतिस्पर्धी नम्बर ३ डा. दिलाशा डोटेल, नम्बर ५ डा.आयुष्नोभा ढुंगाना, नम्बर ७ डा.मेरिका बास्तोला (डेन्टिष्ट), नम्बर १४ डा.सरीषा श्रेष्ठ, नम्बर १८ डा.यशस्वी श्रेष्ठ तथा नम्बर २३ डा.गंगा गुरुङ रहेका छन्।

प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ रहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्