कृष्ण नगरमा सरसफाइ सेवा केन्द्र तौलिहवा द्वारा सरसफाइ



कपिलवस्तु, असार १८ कपिलवस्तु जिल्लाको कृष्ण नगर बजारमा आज बिहान जनचेतना मूलक कार्यक्रम अन्तर्गत कपिलवस्तु सरसफाइ सेवा केन्द्र तौलिहवाको आयोजना तथा कृष्ण नगर नगरपालिकाको सहयोगमा कृष्ण नगर बजार क्षेत्र भित्र सरसफाइ कार्यक्रम सम्पन्न भएको छl बजार भित्र रहेको फोहोर हरू सफा गरिएको र आ आफ्नो घर तथा पसलको अगाडि डस्टबिन राख्न कपिलवस्तु सरसफाइ सेवा केन्द्र तौलिहवाका अध्यक्ष सरोज डफालीले अनुरोध गरेका थिए । बजार सरसफाइ कार्यक्रममा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक शैलेंद्र पाण्डे सहितको प्रहरी टोली, बोर्डर आउट पोस्ट कृष्ण नगर का सशस्त्र प्रहरीको टोली, नगरपालिका का कर्मचारी, शान्ति पुनर्स्थापना गृहका प्रतिनिधि, आफन्त नेपालका प्रतिनिधि, जनप्रतिनिधि लगायतको सहभागिता मा कृष्ण नगरको गोलघर देखि पुरानो बस पार्क हुँदै भन्सार कार्यालय सम्म सरसफाइ गरिएको थियो l वडाध्यक्ष हरिपाल चतुर्वेदी, जीवन श्री वास्तव, कृष्ण कुमार गुप्ता, वडा सदस्य राहुल मोदनवाल, समाजसेवी वृजेश गुप्ता, खालिद खान लगायत अन्यको सहभागिता रहेको तथा कृष्ण नगर भन्सार कार्यालय सम्म सरसफाइ गरि कार्यक्रम समापन गरिएको थियोl आफूहरू जिल्लामा विभिन्न समयमा सरसफाइ कार्यक्रम गर्दै आएको जनतामा सरसफाइ सम्बंधि जनचेतना फैलाउदै आएको कपिलवस्तु सरसफाइ सेवा केन्द्र तौलिहवाका टेक्निकल मेनेजर प्रविन भण्डारीले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्