दलित आयोग द्वारा दलित समुदायको थर सूचीकृत सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न



तौलिहवा , साउन ५ कपिलवस्तुको सदरमुकाम तौलिहवामा राष्ट्रिय दलित आयोग द्वारा दलित समुदायको थर सूचीकृत सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ । बुद्धभुमि नगरपालिकाका प्रमुख केशव श्रेष्ठको अध्यक्षता , राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा प्रमुख अतिथियता र पूर्व राष्ट्रिय सभा सदस्य राम लखन हरिजनको विशिष्ट अतिथि तामा कार्यक्रम भएको छ । राष्ट्रिय दलित आयोगले दलितहरूको थर सूचीकृत गरेको छ तर केही थरहरी छुटेको हुनले नेपाल सरकारबाट प्राप्त गर्ने सेवा सुविधा बाट दलितहरूले नै वञ्चित रहेको पाइन्छ अनि कतिपय त गैर दलितले दलितको सेवा सुविधा नेपाल सरकार बाट लिइएको पाइन्छ । यस्तो समस्यालाई समाधान गर्न को लागि राष्ट्रिय दलित आयोगले दलित समुदायको थर सूचीकृत कार्यक्रम पूरा नेपाल भरी नै गरिरहेको छ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले भन्नु भयो कि राज्यको हरेक निकायमा दलितको सहभागिता गराउन को लागि काम गरिरहेको छ । युवा पुस्ताले खास गरेर धेरै दलितहरूले नेपाल सरकारबाट दिने सेवा सुविधा प्राप्त गर्न नसकिरहेको यसलाई अब सुधार गर्नु पर्छ । दलितको आर्थिक अवस्थालाई परिवर्तन गर्न प्रयास गरिरहेको छु । नेपाल सरकारले दलित कुनै न कुनै रूपमा पीडा दिइरहेको पाइन्छ । अध्यक्ष विश्वकर्माले भने दलित बाट हामी मान्छे बन्न चाहान्छाै । दलित जनप्रतिनिधिहरूलाई एउटा सक्रिय अभियानताका रूपमा स्थापित गर्नको लागि कार्यक्रम छिटो नै ल्यादैछाै । त्यतै कपिलवस्तु जिल्ला प्रमुख अधिकारी धर्मेन्द्र कुमार मिश्रले भन्नू भयो कि मधेसी दलित र पहाडी दलित भित्र धेरै फरक रहेको छ । पहाडी दलितहरू मधेसी दलितहरू बाट सेवा सुविधा प्राप्त गर्न अगाडि रहेको पाइन्छ । संविधानमा लेखिएको अधिकारी दलितहरूले प्राप्त गर्नु पर्छ । दलितलाई कसैले कुनै प्रकार को छुवाछूत , भेदभाव जस्तो व्यवहार गरेको खण्ड कानुनी बमोजिम कारबाही हुन्छ । कार्यक्रम कपिलवस्तु जिल्ला समन्वय समितिको आयोजना र दलित सामाजिक विकास केन्द्र को सह- आयोजना मा दलित समुदायको थर सूचीकृत सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा कपिलवस्तु जिल्ला प्रमुख अधिकारी धर्मेन्द्र कुमार मिश्र , कपिलवस्तु नगरपालिका कि उपप्रमुख सुनिता गुप्ता , विजयनगर गाउँपालिका कि उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी , यशाेधरा गाउँपालिका कि उपप्रमुख गुन्जादेवी माैर्या , बाणगंगा नगरपालिका कि उपप्रमुख रीता कुमारी चाैधरी लगायत सचेत दलितहरूको सहभागिता रहेको थियो । कार्यक्रम रामशरण रैदासले संचालन गर्नु भएको थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्