बाबुराम भट्टराईले दर्ता गरे नयाँ पार्टी चुनाव चिह्न आँखा



काठमाडौं । पूर्व प्रधनमन्त्री डा बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गरेका छन् । निर्वाचन आयोगमा बिहीबार भट्टराईले नेपाल समाजवादी पार्टी पार्टी दर्ता गराएका हुन्।

पार्टीको चुनाव चिह्न आँखा रहेको छ । जुन भट्टराई नेतृत्वकै तत्कालीन नयाँ शक्ति पार्टीको चुनाव चिह्न हो । आयोगमा यसअघि समावेशी लोकतान्त्रिक पार्टी दर्ता भएको थियो ।

सोही पार्टीको विधान परिवर्तन गरेर नेपाल समाजवादी पार्टी दर्ता गरिएको भट्टराईका स्वकीय सचिव रमेश पोखरेलले जानकारी दिए । ‘पार्टीमा विवाद हुँदावित्तिकै निर्वाचन आयोगमा समावेशी लोकतान्त्रिक पार्टी दर्ता गरिएको थियो ।

सोही पार्टीको विधान परिवर्तन गरेर अहिले नेपाल समाजवादी पार्टी दर्ता गरेका छौँ,’ पोखरेलले भने, ‘चुनाव चिह्न भने तत्कालिन नयाँ शक्तिको आँखा राखेका छौँ ।’ पार्टी अध्यक्ष सहित पदाधिकारी को(को हुने भन्ने विषयमा बैठकबाट टुंगो लाग्ने पोखरेलले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्