लागुऔषध सहित मोरङमा एकजना पक्राउ



मोरङ । मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित एकजनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका-८ का ४० वर्षीय सन्तोष मानन्धर रहेका छन्।

आज दिउँसो साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका मानन्धरलाई नाइट्रोसन ५० ट्याब्लेट सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्