MBBS पढ्न नाम त निकाले पैसा नहुँदा डाक्टर बन्ने सपना पूरा नहुने भयो – कन्चन बिक



कन्चन बिक रुकुम चौरजहारी नगरपालिका वडा न १ रुकुम पश्चिमकी कन्चन बिक यति बेला mbbs मा नाम निकालेर पनि आर्थिक अभावका कारण आफ्नो डाक्टर बन्ने सपना पूरा गर्न नपाउँदा निकै छट्पटीएकि छिन । रुकुम जस्तो बिकट जिल्लाको दुर्गम गाउँमा उति बेला पनि सानैदेखि पढाइमा एकदमै चासो राख्ने विद्यार्थी थिइन कन्चन । कक्षा १ देखि ३ सम्म नजिकैको सरकारी बिद्यालय श्री जनप्रिय प्राथमिक बिद्यालय ,चौरजहारीमा पढे पछि उनको पढाई निकै राम्रो थियो उनी सधैँ पढाइमा प्रथम हुन्थिन । त्यति बेला त्यो स्कुल ३ सम्म मात्र भएकाले स्कुल परिवर्तन गर्नु पर्ने भयो ।
पढाईकन लागी बुवा सधैँ चिन्ता मानिराख्नुहुन्थ्यो । पढाई नबिग्रोस् भनेर आफुसङग राम्रो आम्दानी नहुदापनी बुवाले गाउँकै निजी बिद्यालय Shree Saraswoti Advanced English Medium Boarding School ,chaurjahari rukum मा UKG class मा भर्ना गरिदिएका थिए उनी सम्झिन्छिन् र भन्छिन्’
मेरो पढाईकन लागि बुवाले धेरै नै दुख गर्नु भएको थियो।त्यतिबेला भाइ पनि स्कुल जाने भैसकेको थियो। सकि नसकी भएपनी मेरो र भाइको स्कुल खर्च जुटाउनु हुन्थ्यो ।मेरा आमा बुवाले पढ्नु भएको छैन ,मेरा दाइ दिदिहरुले पनि ६,७ कक्षा सम्म मात्र पढ्नु भयो।मेरो पढाई अलि राम्रो भएकाले मलाई जसरी भएपनी पढाउनुपर्छ भन्ने बुवाको ठुलो धोको थियो।बुवाले मलाई सधैँ प्रोत्साहन गरिराख्नु हुन्थ्यो पढ्नु पर्छ ,आफ्नो खुट्टामा उभिनुपर्छ ,तिमिले हामी सबै को नाम राख्नुपर्छ , तिमिले जे पनि गर्न सक्छौ भनेर सधैँ मलाई हौसला दिइरहनुहुन्थ्यो। बुबाको दुख देखेर अनि बुवाको हौसला दिने कुरा ख्याल गरी मैले पनि एकदमै मन लगाएर पडेकी थिए ।

गाउँ घरमा पढ्ने काम मात्र हुन्थेन अरू काम पनि थुप्रै गर्न पर्थ्यो, बिहान खोलामा घन्टौँ लाइन बसी पानी ल्याउने , गाई भैँसीलाई घाँस काट्ने, खाना बनाउने आदि गरेर समय निकालेर पढ्नु पर्थ्यो त्यसमाथि गाउँघर मा बत्तीको समस्या त्यस्तै लालटिन बालेर पढ्नु पर्ने। यसरी दुख सुख गर्दै पढेको थिए। त्यहाँ स्कुलमा UKG मा प्रथम भए अनि मलाई गुरुहरूले 1 कक्षामा राखिदिनु भयो। कक्षा 1 मा म फेरि पनि प्रथम भए फेरि गुरुहरूले 1 बाट 3 कक्षामा कक्षा बढाएर राखिदिनु भयो,त्यसपछि 3बाट 5, अनि 5बाट 8 कक्षा बढाइदिनु भयो तिमिले सकिहाल्छौ भनेर । सुरुमा त अलि गाह्रो भयो बिस्तारै त्यहाँ पनि राम्रो गर्दै गए अनि क्रमशः 9,10 पढेर 2070 सालमा पहिले श्रेणीमा SLC पास गरे । SLC पछि कहाँ पढ्ने ,के पढ्ने ,के पढे राम्रो हुन्छ केही थाहा थिएन । आफ्नो अगाडि पढेलेखेका कोही पनि थिएनन् त्यसैले कसैबाट मार्गदर्शन पनि पाइएन । बुवाको जसरी भएपनी पढाउनु पर्छ भन्ने सोच थियो ।मेरो पनि पढ्ने ठुलो रहर थियो ।सङ्गै SLC दिएका सबै साथीहरू अघि नै नेपालगन्ज Staff Nurse,+2 पढ्न गइसकेका थिए । पछि बुवाले उनीहरू जस्तै Staff Nurse पढाउँछु भनेर नेपालगन्ज पठाउने बिचार गर्नुभयो । रिण खोजेर भएपनी मलाई bridge course गर्नुपर्छ भनेर नेपालगन्ज पठाउनु भयो । त्यसपछि म ३ महिना होस्टेल बसेर स्टाफ नर्सको तयारी गरे अनि प्रवेश परीक्षा पनि उत्तीर्ण गरे । घर परिवारमा सबै जना यो खबर सुनेर धेरै खुसी हुनुभयो अब हाम्रो परिवारबाट पनि कोही पढेलेखेको हुनुभए भनेर तर भर्ना गराउन धेरै पैसा लाग्ने रहेछ भनेर चिन्तित हुनुहुन्थ्यो बुवा । पछि उहाँले जग्गा बेचेर मेरो शुल्क जुटाउनु भयो । के के गरेर scholarship पनि पाउने रहिछ PCL पढ्न त्यति बेला तर आफूलाई थाहा भएन त्यो कुरा कसैले भनिपिनी दिएनन् त्यही भएर मलाई सबै शुल्क तिरेर पढ्न पर्‍यो स्टाफ नर्स ।त्यसपछि म एक्लै नेपालगन्ज गएर धम्बोजी स्थित भेरी नर्सिङ कलेजमा गएर 2071 साल भाद्रमा ३ वर्षीय Staff Nurse मा भर्ना गरे।त्यहाँ कलेजमा हुँदा पनि धेरै दुख खेप्नपर्‍यो कहिले पैसाको समस्या ,कहिले साथीहरूको दुख दिने बानीले गर्दा राम्रोसँग पढ्न पाएकी थिइन त्यही भएर म होस्टेल छाडेर पहिलो वर्षको अन्त्यतिर बाहिर रुम लगेर बसे । पहिलो वर्ष पहिलो श्रेणीमा पास गरे । दोस्रो र तेस्रो वर्ष मैले विशिष्ट श्रेणी ल्याएर 2074 सालमा स्टाफ नर्स सक्काए। स्टाफ नर्सको license exam काठमाडौँमा हुने भएकाले मलाई काठमाडौँ आउनु पर्‍यो। काठमाडौँ आएर license को तयारी गरे र पहिलो पटकमै license परीक्षा पास गरी स्टाफ नर्सको अनुमति पत्र प्राप्त गरे।
अब भाइलाई यतै बोलाएर जागिर गर्दै भाइ र आफू पढ्ने सोच बनाएर म जागिरको खोजीमा लागे । त्यही क्रममा धापासी स्थित Grande international hospital मा पहिलो स्थान मा नाम निकालेर 2075 श्रावण महिनादेखि जागिर गर्न थाले ।काठमाडौँ आयपछि बल्ल थाहा पाए कुन विषय पढे के बनिन्छ भनेर ।मेरो सानै देखि नै डाक्टर बन्ने सपना थियो तर त्यसबारे केही कुरा थाहा थिएन । राम्ररी थाहा नभएरै staff nurse पडेकी थिए । सबै कुरा थाहा भरसकेपछि मैले काम गर्दै +2 science पढ्छु अनि MBBS जसरी भएपनी पढ्छु भन्ने निधो गरे । यो कुरा बुवालाई पनि भने पहिले त उहाँ ले मान्नुभएको थिएन मैले सानै देखि doctor बन्ने सपना थियो मलाई एक पटक कोसिस गर्न दिनु भनेर सम्झाए त्यसपछि म बसुन् धारा स्थित Morgan international college मा 2076 सालमा भर्ना भएकी थिए । त्यहाँ चिनेको हाम्रै ठाउँतिर को सर हुनुहुन्थ्यो त्यही भएर कम शुल्कमा पढ्ने वातावरण मिलाइदिनु भएको थियो ।मैले जागिर गरेर बचेको समय मात्र कलेज आउन सक्ने कुरा पनि बत्ताएकी थिए त्यस कारण हाजिरको समस्या भएन । त्यति बेला grande को job र खाली भएको बेला कलेज जाने काम सँगसँगै गरे । यसरी मैले माघ सम्म काम गरे ।यता ११ को board exam आउन थालेको थियो मेरो तयारी पुगेको थिएन । duty गर्दै पढ्न धेरै कठिन थियो ।पढाई र जागिर सँगै गर्न धेरै नै कठिन भएकाले मैले एक रोज्नु पर्‍यो।मलाई आफूले पढे लेखेर आफ्नो समुदाय पनि अगाडि लिनु छ ,थोरै पढेर मैले मेरो समुदायको लागि केही गर्न सक्दिन भन्ने लग्यो।अहिले उमेर हुँदा,जोस गाजर हुँदा जसरी पनि पढ्छु भनी पढाई अघि बधाउने निधो गरे ।अनि मैले थोरै समय (२महिना)तयारी गरेर 11 को बोर्ड परीक्षा दिए । त्यसमा पनि मैले B+ grade ल्याएर पास गरे। त्यसपछि मैले निरन्तर 12 पढे सङगसङगै MBBS को आफै अलिअलि तयारी गर्न थाले ।

12 कक्षाको परीक्षा 2077 सालको मङ्सिर महिनातिर भयो र मैले B+ल्याएर पास गरे । कोभिडको कारणले गर्दा हाम्रो 12 को परीक्षा पनि ९ महिना ढिला भएको थियो त्यो बेला । त्यसपछि online बाटै MBBS प्रवेश परीक्षाको तयारी गरे कोभिडको कारणले तयारी गर्ने इन्स्टिच्युट खुलेकै थिएनन्। MBBS को प्रवेश परीक्षा पनि हुनुपर्ने समय भन्दा ढिला भयो जुन 2078 श्रावणमा भएको थियो । हाम्रो सेट B परेका धेरै विद्यार्थीको अङ्क गरेको भन्दा 15 -20 अङ्क कम आएको थियो । हामीले आन्दोलन पनि गरेका थिएउ तर केही भएन।पहिलो पटक छात्रवृत्तिमा नाम निस्केको थिएन ,प्राइभेट स्कुल भएकाले आरक्षण पनि पाएको थिइन ।त्यसपछि अर्को पटक दिएर नाम निस्केला भनेर त्यो पटक त्यतिकै छाडेर अर्को परीक्षा को लागि तयारी गर्न थाले। 2078 साल चैतमा फेरि प्रवेश परीक्षा भयो त्यसमा मेरो 113.5 अङ्क ल्याएर 17467 परीक्षार्थी मध्ये 1854औ स्थानमा परे । त्यो परीक्षामा पनि खुलाबाट छात्रवृत्ति पाउन सकिन । प्राइभेट स्कुल भएको कारणले गर्दा आरक्षणमा पनि छात्रवृत्ति पाइन ।

मेरो उमेर पनि धेरै हुन थालिसक्यो नचाहँदा नचाहँदै कोभिडको कारणले गर्दा समय पनि धेरै खर्च भयो ।अब अर्को परीक्षा दिनलाई हिम्मत नै हराइसक्यो । मैले MBBS कै लागि सबै कुरा त्याग गरे आफ्नो सम्पूर्ण करियर नै दाउ लगाए , गर्न लगेको जागिर छाडे , कति पटक लोकसेवा खुलेको थियो यसैका लागि छाडिदिए तर अन्तिममा केही हात नलाग्ला जस्तै अवस्था भयो। छाड्न पनि सक्दैन पढ्न खोजे त्यत्रो शुल्क पनि छैन । MBBS पढेर हाम्रो समुदाय र देशका लागि स्वास्थ्य क्षेत्रमा केही गर्ने ठुलो धोको छ ।पूर्ण शुल्क तिरेर भएपनी पढ्छु भन्ने लाग्छ तर हामीसँग त्यति पैसा नै छैन । रिण लिन सक्ने पनि कुनै आधार छैन,रिण पाइहाले पनि त्यसको किस्ता तिर्न सक्ने अवस्था छैन अहिले ।
।अरू पैसा जुटाउने माध्यम नै छैनन् ।आफन्तहरू नि पैसा हुनेवाला कोही छैनन्।अहिले भाइ पनि पढिरहेको छ उसलाई पनि खर्च जुटाउनु पर्छ । बुवालाई high pressure को कारण ७ वर्ष अघि Brain Stroke भएर मरिमरी बाच्नुभएको थियो जसको कारण अहिले पनि उहाँको बायाँ तिरको भाग राम्ररी चल्दैन अझै पनि बेला बेला अनेक समस्या देखिन्छन् ।

अहिले त आँखा पनि राम्ररी देख्नुहुन्न ,त्यसैले धेरै काम गर्नै सक्नुहुन्न खाली गुजाराका लागि मासु पसल गर्नुहुन्छ त्यो पनि अरूकै भरमा हुन्छ।आम्दानी अन्तबाट कत्ति पनि हुँदैन। २०७८ चैत २३ गते मेरो रिजल्ट आयो मेरो नाम निस्के पनि अहिलेसम्म म mbbs पढ्न भर्ना हुन सकेकी छैन ।भैरहवाको युनिभर्सल मेडिकलमा म भर्ना हुनु पर्ने अन्तिम मिति यही साउन २६ गते छ र २६ गते मलाई १५ लाख ५० हजार भर्ना फि चाहिन्छ म जतासुकै हात फैलाएकी छु कतैबाट सहयोग हुन्छ भनी बल्लतल्ल dnf का अध्यक्ष जेबि बिश्वकर्माले रु ५ लाख सहयोग जुटाइदिनु भएको छ अब बाकी १० लाख ५० हजार चाहिएको छ ।मैले कहाँ बाट पाउनु यतिका पैसा ? गरिब , अनि दलित हुनु पनि अभिसाप नै रैछ आज पैसा नहुँदा मैले यति राम्रो अक ल्याएर पास हुँदा पनि पढ्न नपाउने भए । अझै पनि कहि कतैबाट सहयोग जुटछ भन्ने आसामा छु त्यस कारण म हाम्रा समुदायका सम्पूर्ण देश बिदेशमा रहनुभएका बुद्धिजीवी ,विशिष्ट बेक्तितोहरु, नेता , शुभचिन्तक सम्पूर्ण अग्रज तथा साथीभाइहरू सम्पूर्णलाई मेरो सपना पुरा गर्नमा मलाई आर्थिक रूपमा साथ दिन विनम्र अनुरोध गर्न चाहन्छु । हजुरहरूको सहयोगको म पूर्ण रूपमा मानव सेवामा लगाउने छु । आफ्नो समुदायलाई चाखो परेको बेला म जसरी पनि आफ्नो १००% दिने कोसिस गर्ने छु र म आफ्नो समुदाय प्रती सधै आभारि रहनेछु।

धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्