गायिका मेलिना राईले प्रेमी संजिव बराईलीसँग ईन्गेजमेन्ट तोडिन्



गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडेकी छिन् । शुक्रबार आफ्नो अफिसियल फेसबुकमा लामो स्ट्याटस लेख्दै गायिका राईले प्रेमी बराइलीसँगको इन्गेजमेन्ट तोडिएको जानकारी गराएकी हुन् । मेलिना राईको स्ट्याटस जस्ताको त्यस्तै पढ्नुस् :
विषय – Engagement तोडिएको जानकारी !
केही समय अगाडी मैले आफ्नो भ्लनबनझभलत गरेको कुरा यसै सामाजिक सञ्जाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भविष्यमा सँगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भए पनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामी बिच वैचारिक पक्षमा स्पष्ट मतभेद देखिन थाल्यो अर्थात् हाम्रो बिचारमा मेल खान सकेन । धेरै समीक्षा आत्मा समीक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।
फेरि सबै Engagement हरू विवाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको भलनबनझ भलत तोडिएको कुरा म फेरि यही सामाजिक सञ्जालमार्फत सार्बजानिक गर्दछु । यो बिचमा सम्पूर्ण शुभचिन्तकहरूमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भविष्यमा अझ मेहनत गरेर साङ्गीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्