लहानलाई हराभरा बनाउन लायन्स क्लब अफ लहान फूलबारीको जोड



सिराहा लहान २० भदौ – सिराहाको लहानलाई स्वच्छ र हरियो वातावरण बनाउनमा लायन्स क्लब अफ लहान फूलबारीले निजी तथा सामुदायिक विद्यालय र सडक पेटिकाहरूमा विभिन्न प्रजातिका बिरुवाहरू रोपने गरेका अध्यक्ष राकेश झाले बताए। भदौको तेस्रो हप्ताबाट लहान नगरपालिका भित्र बृक्षा रोपन गर्न लागेका पत्रकार सम्मेलनमा जनाए। लहान नगरपालिका भित्र करिब ८५ निजी विद्यालय र ५९ वटा सामुदायिक विद्यालय रहेका संस्थाका डाईरेकटर राम प्रमोद यादवले बताए।लायन्स क्लब अफ लहान फूलबारीको विश्वमा १४ लाख सदस्य र ४७ हजार ल्यान्स क्लब र २१२ वटा देशमा सञ्चालनमा रहेका छन्। उक्त संस्थामा आबद्ध रहेका व्यक्तिहरूले विभिन्न वर्ग समुदायका व्यक्तिहरू आबद्ध रहिएका छन् भने यो पूर्ण रूपमा non poltical गैर सरकारी संस्था हो। स.न.२०१७ सालमा स्थापना भई सामाजिक हितका लागी अखा उपचार शिविर,स्वास्थ्य शिविर,क्यान्सर शिक्षा र वातावरणको क्षेत्रमा उही सर्भको भावना बोकी काम गरी रहेका छन्। लहान नगरपालिकाको २४ वाडा अन्तर्गत रहेका निजी तथा सामुदायिक विद्यालय भित्र र सडकको पेटीमा पिपल,बर, अमला,निम,रुद्राक्ष लगायतका बिरुवाहरु लगाउने क्लवका सचिब श्यामसुन्दर साहले जानकारी दिनु भयो। संस्थाको पदाअधिकारीहरुमा प्रथम डाईरेकटर राजा बाबु साह, दोस्रो शङ्कर प्रसाद गुप्ता,तेस्रो कासिन्द्र यादव राम प्रमोद यादव,डा.रितेश गिरी,अध्यक्ष राकेश झा,डा. सुशान्त कुमार स्वतन्त्र, कोषा अध्यक्ष मनिष सारडा,उपेन्द्र प्रसाद यादव,विजय कुमार यादव,सहसचिव गङ्गा प्रसाद यादव लगायत २७ जना सदस्य रहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्