नबराज हत्या’काण्डलाई सम्झाउने ” मानिस ठुलो दिलले हुन्छ ” फिल्मको ट्रेलर सार्बजनिक



देवेन्द्र पाण्डे निर्देशित फिल्मले दलित युवक र ब्राह्मण युवतिबिचको प्रेम, विवाह र त्यसपछि आउने सामाजिक उतारचढावको कथालाई पेस गर्छ । अभिनाश न्यौपाने र श्रेया कार्की प्रमुख भूमिकामा छन् ।
ट्रेलरले रुकुम चौरहजारी घटना प्रकरण सम्झाउँछ । उक्त घटनामा आठ जना भेरी नदीमा बेपत्ता भएका थिए । भेरी नगरपालिका-४ का नवराज विक मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जाजरकोटको भेरी नगरपालिका-४ मा १९ जनाको समूह लिएर गएका थिए ।

त्यस बेला केटी लाने पक्ष र केटाको पक्षबिच झडप भएको थियो । भाग्ने क्रममा नदीमा हाम फालेका नवराजको शव नदीको बिचमा भेटिएको थियो । यही कथावस्तुबाट प्रभावित फिल्मको ट्रेलर मर्मस्पर्शी लाग्छ ।
सौर पानी मिडिया प्राविको ब्यानरमा निर्माण भएको फिल्ममा मोहन निरौला, उत्तम केसी, सरु सुनार लगायतको अभिनय छ । ६ वटा लोकगीतमा आधारित भएर फिल्म निर्माण भएको जनाइएको छ ।
ट्रेलर सार्वजनिक भए पनि प्रदर्शन मिति घोषणा भएको छैन । चाँडै रिलिज हुने उल्लेख छ । नेपालअघि फिल्मलाई विदेशमा प्रदर्शन गरिने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्