मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना 



बझाङ । प्रतिनिधि सभा निर्वाचन र प्रदेश सभा निर्वाचनका लागि बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

आज जिल्लाको सदरमुकाम चैनपुरमा रहेको जिल्ला अदालत कार्यालयमा मुख्य निर्वाचन कार्यालयको स्थापना गरिएको हो । मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचन लाई मध्यनजर गर्दै एक कार्यक्रमका बिच कार्यालय स्थापना गरिएको थियो । 

जिल्ला अदालतमा स्थापना भएको मुख्य निर्वाचन कार्यालयमा जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत नन्दकिशोर प्रसाद यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहरा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल विशिष्ट अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर सुरक्षा निकाय प्रमुख लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

निर्वाचन आयोग नेपालले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेपछि उम्मेदवारीको मनाेनयनपत्र दर्ता यहीँ २३ गते बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म दिएको छ भने, उम्मेदवारीको सूचि प्रकाश २३ गते बेलुकी ७ बजे गरिने छ ।प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सदस्य निर्वाचन २०७९ मा सम्मानित निर्वाचन आयोगबाट मिति २०७९/५/३१ मा स्वीकृत मतदाता नामावली अनुसार मतदान स्थल १३५ रहेका छन् भने,मतदान केन्द्र १८४ रहेका छन् । जिल्लामा मतदान गर्नेको सङ्ख्या १ लाख २२ हजार ३ सय ७६ रहेको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख विमल गौतमले जानकारी दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्