बारामा बस दुर्घटना, १४ को मृत्यु



काठमाडौं। बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। आज बिहान बाराको अमलेखगञ्जको ३ नम्बर पुल नजिकै बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा १५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होविन्द्र बोगटीले आठ जनाको घटनास्थलमै र अन्य ६ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए। मृतकमध्ये नौ पुरुष र पाँच महिला छन्। घाइतेहरूको अहिले हेटौंडामा उपचार गरिएको छ। अस्पतालमा रहेका एक प्रहरी अधिकारीले दिएको जानकारीअनुसार घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक देखिन्छ।

नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको बा ०६-००१ ख ०११० नम्बरको बस बारा जितपुर सिमरा उपमहानगर पालिका-२२ तीन नम्बर पुल भन्ने स्थानमा दुर्घटनामा परेको हो। मोडमा बस अनियन्त्रित भएर सडकबाट २० मिटर तल खोलामा खसेको हो। बस पूर्ण रुपमा क्षतिग्रस्त भएको एसपी बोगटीले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्