वेट लिप खेलाडीलाई प्रमुख प्रशासकीय अधिकृत दिलीप यादवबाट बिदाइ



महेश सिंह सिराहा लहान  – सिराहाको लहानबाट नबौ राष्ट्रिय खेल कुद् प्रतियोगितामा भाग लिन खेलाडीहरु बिदाइ गरिएका छन्। करिब ३ महिना देखि निरन्तर खेलमा सक्रिय रहेका खेलाडीहरुलाई बिदाइ गरेका छन्। लहान स्थित रहेको पशुपति आदर्श उच्च माध्यमिक विद्यालयको परिसर भित्र सञ्चालनमा रहेको जिम खाना र वेटलिप खानाका खेलाडीहरूलाई बिदाइ गरेका छन्। नबौ राष्ट्रिय खेल कुद् प्रतियोगितामा भाग लिन खेलाडीहरुलाई सप्तरीका महादेव गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत अर्थात् लहानका स्थानीय युवा दिलीप कुमार यादवले एक कार्यक्रम बीच माला र टिका लगाएर बिदाइ गरिएका कोचर रोशन चौधरी र बिरेन्द्र यादवले बताए। खेलमा सानै देखि उत्साही र उत्प्रेरित रहेका युवा दिलीप कुमार यादवले विगत देखि खेलाडीहरूलाई आर्थिक,पोसाक र शैक्षिक खेल सामग्रीहरू सहयोग गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत यादवले हिजो २ जना खेलाडीलाई लहानबाट बिदाइ गरेका हुन्।यादवका अनुसार आफूले खेलाडीहरूलाई निरन्तर सहयोग गर्दै आएका हुन्।यहाँबाट मैले बिदाइ गरिएका खेलाडीहरू सफल भएर आए पछि उचित सम्मान गरिने र लहान बासीका लागी गौर्भका कुरा हुने बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्