भाटभटेनी सुपरमार्केटको नाममा साइबर आक्रमण, तपाईँ त फस्नुभएन ?



काठमाडौं । भाटभटेनी सुपर मार्केटको नाममा स्क्याम लिंक फैलिएको पाइएको छ । प्रयोगकर्तालाई नयाँ शाखा खुलेको भन्दै सामाजिक सञ्जाल तथा इन्टरनेटमा स्क्याम लिङ्क फैलाइएको हो ।
उक्त लिङ्कमा क्लिक गरेको खण्डमा भाटभेटनी सुपर मार्केटको जस्तो नक्कली वेबसाइटको इन्टर फेस देखिन्छ, जहाँ सबैभन्दा माथि ‘बधाई’ लेखिएको छ ।तल उल्लेखित प्रश्नको उत्तर दिएको खण्डमा पाँच हजार रुपैयाँ जित्ने उल्लेख गरिएको छ । त्यसको तल भाटभेटनी सुपर मार्केटमा संलग्न व्यक्तिको फोटो राखिएको छ । त्यहाँ प्रयोगकर्तालाई विभिन्न प्रश्नहरू सोधिएको छ, जसको उत्तर दिएको खण्डमा उनीहरूले पाँच हजार रुपैयाँ जित् नसक्ने भनिएको छ ।
उक्त प्रश्नको उत्तर दिँदा ह्याकरले प्रयोगकर्ताको डिभाइसको एक्सेस पाउँछन् । प्रश्नहरू सजिलो भएकाले जोकोहीले उक्त प्रश्नको उत्तर दिन राजी हुन्छन् ।
त्यस्तै उक्त वेबसाइटमा तलतिर नक्कली प्रतिक्रिया राखिएको छ, जसले गर्दा प्रयोगकर्ता स्क्याममा पर्न सक्ने जोखिम बढी हुन्छ । यसरी प्रयोगकर्तालाई आफ्नो जालोमा पार्दै ह्याकर फिसिङ आक्रमण गर्छन् । यसबाट उनीहरूले बैङ्क तथा सामाजिक सञ्जालका अकाउन्ट ह्याक गर्न सक्ने साइबर सुरक्षा विज्ञ बताउँछन् ।
सामाजिक सञ्जालबाट स्क्याम लिङ्क फैलिएपछि भाटभटेनी सुपर मार्केटले आधिकारिक रूपमा उक्त लिङ्क स्क्याम गर्न फैलाइएको भन्दै त्यस्ता लिङ्क नखोल्न आग्रह गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्