एमटियु अध्यक्ष उदय राईलाई कोरियामा ‘सोसियल हिरो -२०२२ प्रदान गरिने



एमटियुका अध्यक्ष उदय राईलाई कोरियामा ‘सोसियल हिरो -२०२२’ अवार्ड प्रदान गरिने भएको छ। नेपाल कोरिया फ्रेन्डशिप कम्युनिटीले यस वर्षको सोसियल हिरोको उपाधिबाट प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईलाई सम्मान गरिने निर्णय गरेको उपाध्यक्ष सन्दीप गिरीले बताएका छन्।
उपाध्यक्ष गिरीका अनुसार राई दक्षिण कोरिया रहेका नेपाली श्रमिकहरूको समस्या समाधानमा पहल गरेको र मजदुर अधिकारको लागी निरन्तर सङ्घर्ष गरेको भन्दै उक्त अवार्ड प्रदान गर्न लागिएको हो।
पत्रकार महासङ्घ कोरियाका पूर्व अध्यक्ष तथा नयाँ दैनिकीका सम्पादक समेत रहेका अध्यक्ष अशोक मैनालीको संयोजनमा समितिले नेपाल तथा कोरियामा विभिन्न क्षेत्रमा योगदान गरेका नेपाली तथा कोरियन नागरिकहरू मध्यबाट राईलाई छनोट गरेको थियो। नेपाल कोरिया फ्रेन्डशिप कम्युनिटीले नोभेम्बर ६ तारिखमा एक विशेष कार्यक्रमको आयोजना गरेर राईलाई उक्त अवार्ड प्रदान गरिनेछ। सोही दिन नेपालको चर्चित चलचित्र झिगेदाउ पनि प्रदर्शन गरिने कार्यक्रम संयोजक दिवाकर चौलागाँईले बताएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्