भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा दलित समुदायका मल्लिकार्जुन खड्गे निर्वाचित



 काठमाडौं : भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षमा कथित दलित समुदायका मल्लि कार्जुन खड्गे निर्वाचित भएका छन् ।

प्रदेशबाट चुनिएर आएका प्रतिनिधिहरूले गरेको मतदानमा उनले शशी थरुरलाई हराएका हुन् । कुल ९ हजार ३८५ मतमध्ये खड्गेले ७ हजार ८९७ मत पाएका छन् ।खड्के पछिल्लो २ दशकमा भारतीय राष्ट्रिय काँग्रेसको नेतृत्व गर्ने गान्धी परिवारभन्दा बाहिरको व्यक्ति हुन् । यद्यपि उनलाई गान्धी परिवारकै निकट मानिएको छ ।खड्गेले अब अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई प्रतिस्थापन गर्ने छन् । सन् २०१९ को लोकसभा चुनावमा पराजय भोगेपछि सोनियाका छोरा राहुल गान्धीले राजीनामा गरेका थिए । त्यसपछि सोनिया अन्तरिम अध्यक्ष बनेकी थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्