सञ्चारकर्मीमाथि दुर्व्यवहार गर्ने कर्मचारीलाई कारबाहीको माग



 

सिराहा -पत्रकार महासङ्घ  सिराहाले भन्सार कार्यालय सिराहा माडरमा पत्रकार महासङ्घ  सिरहाका सचिव शिव दयाल यादव र ग्यालेक्सी फोकेका सिराहा संवाददाता विनय यादवमाथि भएको दुर्व्यवहार घटनाप्रति आपत्ति जनाएको छ । पत्रकार महासङ्घ सिरहाका अध्यक्ष मनोज बनैताले आज एक विज्ञप्ति जारी गर्दै सञ्चारकर्मी दुर्व्यवहार घटनाप्रति खेद प्रकट गरेको हो । सिराहामा भइरहेको अवैध तस्करी धन्दा र भन्सारका कर्मचारीले घुस लेनदेन गरी राज्यको राजस्व छली गरिरहेको विषयमा सञ्चारकर्मीद्वयले मंगलबार समाचार सङ्कलनका लागि माडस्थित सिराहा भन्सार कार्यालयमा पुगेका थिए ।यस विषयमा कार्यालयका प्रमुख राम राजाप्रसाद चौर सियासँग प्रतिक्रिया लिन खोज्दा उनले जिम्मेवार र नम्र भएर जवाफ दिनुको सट्टा सञ्चार कर्मीद्वयलाई अपमानपूर्ण ढङ्गले तथानाम भन्दै प्रहरी बोलाएर थुनाइदिने धम्कीसमेत दिएका थिए । महासङ्घले स्वतन्त्र रूपमा सञ्चार कर्ममा जुटेका पत्रकारलाई कार्यालयका प्रमुख जस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु अत्यन्तै दु:खद र अशोभनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ ।घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न र पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूति गराउन सम्बन्धित निकायलाई महसंघले ध्यानाकर्षणसमेत गराएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्