वराहक्षेत्रकै भव्य र शानदार सप्तकोसी गोल्ड कप सुरु

 उद्घाटन खेलमा पिए फसी सेमिफाइनलमा वराहक्षेत्र


 

वराहक्षेत्र नगरकै भव्य र शानदार फुटबल प्रतियोगिता सप्तकोसी गोल्ड कप सुरु भएको छ । ९ औँ संस्मरणको प्रतियोगिता हिजो (शनिवार) बाट सुरु भएको हो । वराहक्षेत्र ७ स्थित देवघाटमा पहिलो उद्घाटन खेल पथरी फुटबल क्लब, पथ्री र फेयर फुटबल क्लब, इटहरीबिच भएको थियो । खेलमा पथरी फुटबल क्लबले फेयर फुटबल क्लब लाई ०-२ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफको खेलमा पथरीका उमेश कार्कीको कर्नर प्रहारलाई अभिषेक गुरुङले हेड गर्दै गोल पहिलो खाता खोलेका थिए । त्यस्तै, दोस्रो हाफमा पुनः पथरीका आशिष चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलमा पटक पटक मौका पाए पनि फेयर फुटबल क्लबले गोल गर्न नसक्दा खेल हार खेप्नुपरेको थियो । खेलमा पहिलो गोल गरेका अभिषेक गुरुङ खेलको म्याच फद म्याच घोषित भए उनले नगद ३ हजार सहित ट्रफी हात पारेका थिए । औपचारिक कार्यक्रममा भने क्लबका कार्यवाहक अध्यक्ष हर्कबहादुर राईले सभादक्ष्यता गरेका थिए भने कोसी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारी प्रमुख अतिथि थिए । त्यस्तै, मुख्य आकर्षणको रूपमा सुचना, प्रबिधी तथा सम्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थिति थियो । स्थानीय वसन्तऋतृ माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना भएको प्रतियोगितामा आइतबारको खेल आयोजक र पन्चायन फुटबल क्लब बीच हुने क्लबका सचिव लेखूँ न्यौपानेले बताए । प्रतियोगितामा प्रथम पुरस्कार २ लाख र दोस्रो पुरस्कार १ लाख रहेको छ । वराहक्षेत्र मा विभिन्न क्लबहरूले एकपछि अर्को गर्दै फुटबल प्रतियोगिताहरू गर्दै आएका छन् । यद्यपि सप्तकोसी गोल्ड कप भने केही समय अघिदेखि निरन्तर रूपमा सञ्चालनरत छ । यहाँ हुने प्रतियोगितामध्ये यसलाई विशेष रूपमा हेरिने गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्