नेपाल पत्रकार महासंघ जापान शाखाको नयाँ नेतृत्व चयन ,अध्यक्षमा शान्त पहरी



 

जापान , टोकियो – नेपाल पत्रकार महासघ जापान शाखाको अध्यक्षमा शान्त पहरी निर्वाचित भएका छन् ।आइतबार राजधानी टोकियोमा आयोजना भएको कार्यक्रममा निर्वाचन प्रक्रियाबाट अध्यक्षमा पहरी अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा रवीन्द्र श्रेष्ठ , महिला उपाध्यक्षमा इन्दिरा खनाल चयन भएकी छिन । अध्यक्ष पहरी सँगै पूर्ण बहादुर चलाउने जम्मा ६ मत , कवि किरण न्यौपाने ११ मत तथा उप विजेता दीपक गौतमले १४ मत प्राप्त गरेका थिए। महिला उपाध्यक्षमा भने उम्मेद बारी अरूको नपरेको हुँदा इन्दिरा खनाल सर्वसम्मत चुनिएकी हुन् । यसै गरी कार्यसमिति सदस्यहरू लक्ष्मी पौडेल , कृष्ण प्रसाद अधिकारी , विकाश लम्साल, भूपेन्द्र के सी , विष्णु प्रसाद सापकोटा , दुबल सिह , गुरुङ प्रेमश र फुर्वा सेर्पा चयन हुँदा जापानबाट केन्द्रीय प्रतिनिधिको लागि मनिस चौलागाईं र राज बिन थापालाई सर्वसम्मत चयन गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्