माया हत्या प्रकरण: मोबाइलमा अरूसँग बोलेको शङ्काको भरमा ह’त्या



बैतडी: मङ्सिर १८ मा महेन्द्रनगरबाट पक्राउ परेका बैतडीका २२ वर्षीय भरतराम कोलीले ‘प्रेममा धोका पाएपछि ह’त्या गरेको’ प्रहरीलाई बताएका छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा घर भएकी माया लुहारसँग आफ्नो अ फेयर रहेको र धोका पाएपछि उनको हत्या गरेको कोलीले बताएका हुन्। हत्या आरोपमा पक्राउ परेका कोलीलाई बैतडी प्रहरीले आज सार्वजनिक पनि गरेको  छ ।
सोही क्रममा प्रहरीले कोलीले आफू हत्यामा संलग्न रहेको बयान दिएको जनाएको थियो। पञ्चेश्वर गाउँपालिका–४ की २१ बर्सिया माया मङ्सिर १४ मा मृ’त फेला परेकी थिइन्। माया लुहार घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएकी थिइन्। त्यसपछि मायाको हत्या गरेको आरोपमा सशस्त्र प्रहरीका जवान कोलीलाई प्रहरीले पक्राउ गरेको थियो।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा म्यादी प्रहरीको बर्दीमा चुनावको सुरक्षामा खटिएकी माया र भरतराम प्रेममा थिए। मायाको मोबाइल चेक गर्दा अन्यसँग कुरा हुने गरेको थाहा पाएपछि भरतरामले हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्