छविसमा सञ्चालन भएको आँखा शिविर सम्पन्न

फेरि बृद्बहरुका लागि आँखा शिविर बस्ने


छबिस पाथिभेरा गाउँपालिकामा आँखा शिविर सम्पन्न भएको छ । १९ गतेबाट सुरु भएको ३ दिने आँखा शिविर आज सम्पन्न भएको हो । छविस पाथीभरा गाउँपालिकामा पालिकाका ३ वटा विद्यालयमा सञ्चालन भएको आँखा शिविरमा सम्पन्न हुँदा १ हजार ४ सय ६४ जना विद्यार्थीले आँखा चेकजाँच गराएका थिए । १९ गते छबिस पाथिभेरा गाउँपालिका- ६ को बाठ पाली माध्यमिक विद्यालय, २० गते शान्ति माध्यमिक विद्यालय चौघान पाटामा र २१ गते (बुधबार) जनप्रिय माध्यमिक विद्यालय बगडगाउँमा निःशुल्क आँखा शिविर सञ्चालन भएको थियो । उक्त शिविरमा आँखामा समस्या देखा परेका विद्यार्थीले बाठपाली माविबाट ५ सय ५२ जनाले आँखा चेकजाँच गराएका छन् । यस्तै शान्ति मावि चौघानपाटाबाट ४ सय ३२ जनाले र जनप्रिय मावि बगडगाउँबाट ४ सय ८० जनाले आँखा चेकजाँच गराएको छबिस पाथिभेरा गाउँपालिका प्रवक्ता तथा १ नम्बर वडाका वडाध्यक्ष करनजंग बहादुर सिंहले जानकारी दिए । प्रवक्ता सिंहका अनुसार जम्मा १ हजार ४ सय ६४ जना विद्यार्थीले आँखा परीक्षण गरेका हुन् । यी मध्ये ३१ जनालाई चस्मा वितरण गरिएको हो । विद्यार्थी बालबालिकाको आँखा चेकजाँच गर्न निःशुल्क आँखा शिविरको लागि छबिस पाथिभेरा गाउँपालिकाले आँखा उपचार केन्द्र गेटा आँखा अस्पताल संग सम्झौता गरेको थियो । विद्यालयमै आँखा चेकजाँच र उपचार गर्न पाएपछि विद्यार्थी खुशी भएका छन् । अहिले विद्यार्थी बालबालिकाको आँखा परीक्षणको लागि शिविर सञ्चालन गरेको र तत्काल गेटा आँखा अस्पतालसङ समन्वय गरी पालिका भरिका सबै आँखाको मोतीबिन्दुमा समस्या भएका स्थानीयको उपचार गर्न आज गेटा आँखा अस्पतालमा पुगेर गाउँपालिका अध्यक्ष वसन्त चलाउनेले सम्झौता गरिसकेको र अब चाडै शिविर सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष चलाउनेले बत्ताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्