प्रयोगात्मक परीक्षण समापन्न



दाङ मिति २०७९ पुस १४ गते शुक्रवार महेन्द्र बहुमुखी क्याम्पस घोराही मानविकी सङ्काय अन्तर्गत समाजशास्त्र विषयको प्रयोगात्मक परीक्षण वा सहभागिता मूलक ग्रामीण लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीका लागि प्रयोगात्मक विधिको पढाइ व्याख्यान भन्दा कैयौँ गुणा बढी प्रभावकारी मानिन्छ । महेन्द्र बहुमुखी क्याम्पस मानविकी सङ्काय दोस्रो वर्षमा अध्ययनरत समाजशास्त्र विषयको प्रयोगात्मक कार्यक्रम हरि रावतको नेतृत्वको सम्पन्न भएको गणेश पौडेलले जानकारी दिनु भएको छ। पौडेलले यसरी अध्ययन र सिकाइ र प्रयोगात्मक फिल्ड वर्क गर्दा विद्यार्थी उत्साहित भएको पनि बताउनु भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्