नासोद्वारा जातीय भेदभाव उन्मुलनका लागि ५८ औं अन्तर्राष्ट्रिय दिबश सम्पन्न



 

अमेरिका , वाल्टिमोर – अमेरिकाको मेरिल्यान्ड राज्य स्थित बाल्टिमोरमा नासोले ५८ औं भेदभाव उन्मुलन दिबशको अबसरमा नेपालमा रहेको जातीय छुवाछूत बिभेद विरुद्ध अन्तरक्रिया तथा भब्यताका साथ कार्यक्रम सम्पन्न गरेको छ ।नासोको अध्यक्ष राजेन्द्र कुमार सुनार सेन्चुरीको सभापतित्वमा भएको उक्त कार्यक्रममा पुर्ब सासद तथा दलित आयोगका पुर्ब अध्यक्ष बिजुल बिश्वकर्मा प्रमुख अतिथि रहेका थिए भने , दलित महिला संघ पुर्ब अध्यक्ष दुर्गा सोब ,नेकपा एमाले पोलिट ब्युरो सदस्य तथा पुर्ब सांसद सान्ता चौधरी सन्चारकर्मि तथा महिला अधिकारकर्मि सरु सुनार दलित महिला संघ महासचिव रेनु सिजापति , एनआरएन अमेरिकाका पुर्ब उपाध्यक्ष डा अर्जुन बन्जाडे , स्टार स्कलर्सका अध्यक्ष डा उत्तम गौलि , आइसिडिआर अध्यक्ष डिबि सागर बिश्वकर्मा ,सामाजिक अभियान्ता तथा नासोको पुर्ब अध्यक्ष दिपकजङ्ग बिश्वकर्मा , इन्टरनेसनल एलाइन्स फर सोसल जस्टिस अध्यक्ष धरम बिश्वकर्मा , नासोका पुर्ब अध्यक्ष गोपाल बिश्वकर्मा , पिडिआरसि इन्टरनेशनलका सस्थापक अध्यक्ष राजेन्द्र सेन्चुरि , कार्यकारि अधिकारी भिम बिक, अन्तर्राष्ट्रिय साहित्य समाज मेरिल्याडको अध्यक्ष पुजा चन्द , नासोको सल्लाहकार प्रकाश नेपाल , कृष्ण सोब , बानाका अध्यक्ष सुबोध पन्त, नेपाली जनसम्पर्क समितिको केन्द्रिय सदस्य तथा सन्चार प्रमुख गौतम दाहाल सहितको उपस्थिति रहेको थियोे ।प्रमुख अतिथि बिजुल बिश्वकर्माले जातीय बिभेद एक जातिको मात्र समस्या नभएको हुदा सबै जाति र सबैको सरोकारको विषय बन्नु पर्ने र सबै बोल्नु पर्ने बताए , साथै बिशिस्ट अतिथि शान्ता चौधरीले दलितको पिडा अन्य जाति र बर्गको भन्दा बढि पिडा भोगेको भन्दै बर्गिए मुद्दामा लागेर मात्र दलित मुद्दा हल हुने बताइन् , आफु कमलरि देखि सांसद बन्दा थुप्रै खालका बिभेद खेप्नु परेको भन्दै दलितहरु अधिकारको लागि आफै उठन जरुरी रहेको र अधिकार कसैले मागेर नदिने बताइन ।


दुर्गा सोबले रगभेद सरह जातीय बिभेद होइन , जातीय बिभेदबारे अमेरिकामा पनि छुट्टै बहसको बिसय बनाइ छलफल गर्नु पर्ने आबस्यकता बताइन । साथै सामाजिक अभियान्ता सरु सुनारले नेपाल मा भएको जातीय बिभेदबारे युवा पुस्ता अझै नबोलेको र बिभेदलाई स्वीकार नगरेको भन्दै दलित समुदायको मुक्तिको प्रश्न राज्यसत्ता सग जोडिएको र राजनीति रुपमा दलितहरुलाई नेता स्वीकार नगरेको भन्दै दलितहरु अब राजनीति रूपमा चेतना आउन पर्ने बताइन ।


नासोको अध्यक्ष राजेन्द्र सेन्चुरिले मानवमा हुने जिन अनुसार उपल्लो जात र तल्लो जात भनिनेहरु केहि फरक नभएको आजको बैज्ञानिक युगले भनेता पनि हामि पुर्बिय सँस्कृति अनुरुप प्रवासमा आएर पनि बिभेद गरेका छौं जसका अमेरिकाका केहि बिस्व बिधालय र सियाटल राज्यमा जातीय बिभेद भएको ठहर भएमा कानुन बनाएर कारवाहि हुने स्थापित भएको छ । भन्दै बिभेद विरुद्धको आवज सबैले उठाउनु पर्ने बताए ।
कार्यक्रममा नासोलाइ योगदान पुर्याउने र बिशिस्ट ब्यक्तिलाई संमान समेत गरिएको थियोे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्