अमेरिकामा नासोद्वारा ५८ औं जातिभेद उन्मुलनको अबसरमा सरु सुनारलाई मानार्थ संमान



अमेरिका , वाल्टिमोर – अमेरिकाको मेरिल्यान्ड राज्य स्थित बाल्टिमोरमा नासोले ५८ औं भेदभाव उन्मुलन दिबशको अबसरमा नेपालमा रहेको जातीय छुवाछूत बिभेद विरुद्ध अन्तरक्रिया तथा भब्यताका साथ कार्यक्रम सम्पन्न गरेको छ ।नासोको अध्यक्ष राजेन्द्र कुमार सुनार सेन्चुरीको सभापतित्वमा भएको उक्त कार्यक्रममा पुर्ब सांसद तथा दलित आयोगका पुर्ब अध्यक्ष बिजुल बिश्वकर्माको प्रमुख अतिथि रहेका थिए भने , दलित महिला संघ पुर्ब अध्यक्ष दुर्गा सोब , नेकपा एमाले पोलिट ब्युरो सदस्य तथा पुर्ब सांसद सान्ता चौधरी सन्चारकर्मि तथा महिला अधिकारकर्मि सरु सुनार दलित महिला संघ महासचिव रेनु सिजापति , एनआरएन अमेरिकाका पुर्ब उपाध्यक्ष डा अर्जुन बन्जाडे , स्टार स्कलर्सका अध्यक्ष डा उत्तम गौलि , आइसिडिआर अध्यक्ष डिबि सागर बिश्वकर्मा , सामाजिक अभियान्ता तथा नासोको पुर्ब अध्यक्ष दिपकजङ्ग बिश्वकर्मा , इन्टरनेसनल एलाइन्स फर सोसल जस्टिस अध्यक्ष धरम बिश्वकर्मा , नासोका पुर्ब अध्यक्ष गोपाल बिश्वकर्मा , पिडिआरसि इन्टरनेशनलका सस्थापक अध्यक्ष राजेन्द्र सेन्चुरि , कार्यकारि अधिकारी भिम बिक, अन्तर्राष्ट्रिय साहित्य समाज मेरिल्याडको अध्यक्ष पुजा चन्द , नासोको सल्लाहकार प्रकाश नेपाल , कृष्ण सोब , बानाका अध्यक्ष सुबोध पन्त, नेपाली जनसम्पर्क समितिको केन्द्रिय सदस्य तथा सन्चार प्रमुख गौतम दाहाल सहितको उपस्थिति रहेको थियोे । कार्यक्रममा शान्ता चौधरी , दुर्गा सोब , भिम बिश्वकर्मा , डिबि बिस्वकर्मा लगायतले जातीय बिभेद विरुद्ध बोलेका थिए ।


नेपालमा जातीय बिभेद विरुद्ध खरो रूपमा बोल्ने र उत्रने सन्चारकर्मि तथा दलित अधिकारकर्मि सरु सुनारलाई नासोले मानार्थ सदस्य समान नासोले उपाधि दिएको छ । सरु सुनार विशेषत नेपालमा ब्याप्त जातीय छुवाछूत र बिभेदलाई कानुनी रूपमा कार्वन्यन गर्न लागि परेकि छन् उनको पहलबाट जातीय बिभेद गर्ने पिडक कानुनी कठघरामा पुगेका छन् । सामाजिक सेवामा समर्पित सुनारले आफ्नै पहलमा नुवाकोटमा ५ कोठे स्कुल निर्माण, पोखरामा वृद्धहरुको लागि घर निर्माण साथै आर्थिक अबस्था कमजोर भएका कैयौं मिर्गौला पीडित , क्यासर पीडितहरुको अभियान चलाएर उपचार नयाँ जिबन दिएकि छन् यसियाको 2019 मा अन्तर्राष्ट्रिय n – peace international award नेपालबाट जितेकि सुनारले ५ वटा बिभिन्न बिधामा अन्तरास्ट्रिय अवार्ड पाइसकेकि छन् । पछिल्लो समय अधिकारका लागि दलित जागरण अभियान सुरु गरि दलित युवाहरुमा राजनीति जनचेतना ल्याउन लागि परेकि छन् । मानार्थ उपाधिले संमानित भए पछि सरु सुनारले नेपालमा भएको जातीय बिभेदबारे युवा पुस्ता अझै नबोलेको र बिभेदलाई स्वीकार नगरेको भन्दै दलित समुदायको मुक्तिको प्रश्न राज्यसत्ता सग जोडिएको र राजनीति रुपमा दलितहरुलाई नेता स्वीकार नगरेको भन्दै दलितहरु अब राजनीति रूपमा चेतना आउन पर्ने बताइन । csw67 un को कार्यक्रममा मार्च ५ मा अमेरिका आएकि हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्