तनहुँमा वाग्लेको अग्रता कायमै, कति छ मतान्तर ?



काठमाडौं। तनहुँ- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायम गरेका छन्। ३५ हजार ३६ मत गणना हुँदा करिब ८ हजारले अग्रता लिएका हुन्।

उनले १७ हजार ९ सय २ मत पाएका छन्। वाग्लेका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १० हजार २ सय २८ मत पाएका छन्।

यसैगरी नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार ८ सय ६७ मत पाएका छन्। आइतबार रातिदेखि भइरहेको मतगणनामा रास्वपा उम्मेदवार वाग्लेले सुरुवातदेखि नै अग्रता लिइरहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्