काठमाडौं उपत्यका बाहिरका कार्यक्रममा सहभागी हुन गएका बेला केही सञ्चारमाध्यमले राणा विदेश भागेको समाचार प्रकाशन तथा प्रशारण गरेपछि तरुण दलले आपत्ति जनाएको हो।
तरुण दलका अध्यक्ष विद्धान गुरुङले आइतबार एक विज्ञप्ति जारी गर्दै कुनै ठोस प्रमाण विना कसैप्रति लाञ्छना लगाउनु गम्भीर अपराध भएको बताएका छन्।
‘नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय सांसद डा. आरजु राणा देउवाज्यूको विभिन्न सञ्चारमाध्यममा विदेश भागेको र व्यक्तिगत चरित्र हत्या गर्ने खालको अनर्गल कुराहरु प्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तिमा लेखिएको छ।
अध्यक्ष गुरुङले अनुसन्धानमा तरुण दलको पूर्ण सहयोग रहने बताउदै अनुसन्धानलाई यथाशीघ्र टुंगोमा पु¥याउन सरकार, गृह मन्त्रालय र नेपाल प्रहरीलाई आग्रह गरेका छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।