ललिता निवास जग्गा प्रकरणमा थप चारजना पक्राउ



काठमाडौं। काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप चारजना पक्राउ परेका छन्। बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी छन्।

यसअघि आजै सीआईबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको थियो। ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बरबहादुर श्रेष्ठ तथा चन्द्रदेव जोशीमाथि पनि भ्रष्टाचारको आरोप छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्