फेरि कोरिया जान नपाएको भन्दै विरोध प्रदर्शन



काठमाडौं : दक्षिण कोरियाका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कमिटेड (प्रतिबद्ध) समूहमा छानिएका युवायुवतीले लामो समय गुज्रिँदासमेत कोरिया नपठाएको भन्दै प्रदर्शन गरेका छन् । आइतबार ललितपुरको ग्वार्कोस्थित ईपीएस कार्यालयमा कमिटेड (प्रतिबद्ध)मा उत्तीर्ण युवायुवती प्रदर्शनमा उत्रिएका हुन् ।

कोरिया रोजगारबाट फर्केका उनीहरूले पुनः कोरिया जान खोज्दा परीक्षा दिने भनेर कुर्दाकुर्दै परीक्षा नै नभएको आक्रोस व्यक्त गरेका छन् ।

प्रदर्शनकारीहरूले कम्तीमा एक वर्षमा चार पटक हुने भनिएको सीबीटी परीक्षा सन् २०२१ मा एउटा मात्र भएको र त्यसमा पनि ४० अंकमा शतप्रतिशत अंक ल्याएर पास गरेको भएपनि जान नपाएको बताएका छन् ।

कोरिया रिटर्नीहरुको रोजगारी प्रक्रियामा भेदभावको शंका उत्पन्न भएको भन्दै उनीहरुले २०२२ मा युबीटी परीक्षामा सफल भई रोष्टरमा नाम समावेश भए पनि जाने प्रक्रियाका लागि पहल नहुनु बिडम्वनाको विषय भएको उनीहरूको गुनासो छ ।

भाषा परीक्षा उत्तीर्ण गरेरे पहिलोपटक रोजगारीमा जानेको तुलनामा रिटर्नीहरुको विषयलाई महत्व नदिइएको भन्दै उनीहरूले कोरियाको कामसम्बन्धी अनुभव भएको र कोरियको श्रम कानूनअनुसार स्वदेश फर्किएका आफूहरूको समस्याको गाम्भीर्यता बुझ्न पनि उनीहरूले माग गरेका छन् । मध्यान्न दैनिकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्