६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा तामाङ पक्राउ



उदयपुर। उदयपुरमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। ६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका ३ दगले बस्ने ३५ वर्षीय मकर बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

मकरले ती नाबालिकालाई आफ्नै घरमा गत बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्